Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

उत्तरी गोरखाको मनास्लु हिमाल आरोणका लागि नयाँ रुटको प्रारम्भिक अध्ययन सुरु


2.1K
Shares

उत्तरी गोरखाको मनास्लु हिमाल आरोणका लागि नयाँ रुटको प्रारम्भिक अध्ययन सुरु

गोरखा २४ कात्तिक :  उत्तरी गोरखाको मनास्लु हिमाल आरोणका लागि नयाँ रुटको प्रारम्भिक अध्ययन सुरु भएको छ । मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ रुटको अध्ययन थालेको हो । गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा रुट सर्भे सुरु गरिएको प्रारम्भिक अध्ययनमा संलग्न कर्मा शेर्पाले जानकारी दिनुभयो ।

अहिले मनास्लु आरोहीहरु काठमाडौंबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्दै आएका छन् र पूर्वतर्फबाट मनास्लु आरोहण सुरु गर्छन् । तर, मनाङको नासोँ गाउँपालिकाले काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भिमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु गरेको हो ।

सामागाउँ र भिमथाङ दुवैतर्फको आरोहण रुट ६ हजार मिटर माथि क्याम्प थ्रीमा पुगेर मिसिन्छ । गोरखा चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमाल ८ हजार १ सय ६३ मिटर अग्लो छ । मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलोपटक आरोहण गरेका थिए । त्यतिबेला मनाङको भिमथाङबाटै आरोहण भएको र पछि रुटमा क्षति पुगेपछि गोरखाको सामागाउँतर्फबाट आरोहण थालिएको नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।

भिमथाङतर्फको रुटबाट आरोहण गर्न सम्भव छ भन्ने पुष्टि भएमा उक्त रुट मनास्लु हिमाल अरोहणका लागि सबैभन्दा सजिलो र छोटो हुने उहाँको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology