Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको श’व फेला 


1.6K
Shares

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको श’व फेला 
मनाङ २३ कात्तिक : कार्तिक ३ गतेदेखि सम्पर्क विहिन भएका दुई भारतीय नागरिक ५२ बर्षिय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ बर्षिया प्रियन्सा कुमारी पटेलको श’व सशस्त्र प्रहरीले आईतबार दिउँसो करीब २ बजे फेला पारेको छ ।
मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिंडेका उनीहरु सम्पर्क विहिन भएका थिए ।
उनीहरु सम्पर्क विहिन भएपछि उक्त होटलले  खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।
सम्पर्क विहिन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजीकार्य गरीरहेकोमा नभेटिएपछि पुनस् कार्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसिको कमाण्डमा उद्धार सामाग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिम प्राप्त टालीले उनीहरुको शव उक्त गुम्बाबाट करीब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology