Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते, तीनजनाको अवस्था गम्भीर


2.3K
Shares

गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते, तीनजनाको अवस्था गम्भीर

गोरखा, २२ कात्तिक ः गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माईक्रोबस दुर्घटनामा चालकसहित १७ जना यात्रु घाइते भएका छन् । आज साँझ करिब ८ बजे भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माईक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

माइक्रोबस ब्रेक फेल भएर अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उहाँको भनाई छ ।  दुर्घटनामा परि ८ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महत्तो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरुको उद्दार गरि उपचारका लागि प्रदेश अस्पताल गोरखामा पठाइएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

अन्य घाइतेहरुमा जमुना कुमारी महत्तो, सुमी चौधरी, सबिना चौधरी, जियानी चौधरी, प्रमिला चौधरी, रेश्मा चौधरी, मिना चौधरी, युविन चौधरी, सुदिर अधिकारी, मिरा अधिकारी, बिना चौधरी, ज्ञानु चौधरी, लक्ष्मी चौधरी र अप्सरा बडतौला रहेका छन् ।

घाइतेहरु अधिकांस चितवनको खैरेनी नगरपालिका घर भएको खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ जना यात्रु सवार थिए । प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल हुँदा माईक्रोबस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology