Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

तोलामा ६ सय बढ्यो सुन


1.1K
Shares

तोलामा ६ सय बढ्यो सुन

काठमाडौं,२१ कात्तिक । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।

यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology