Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तरी गोरखाको पदयात्रा जानेलाई १२ गतेसम्म रोक लगाईयो


1.3K
Shares

उत्तरी गोरखाको पदयात्रा जानेलाई १२ गतेसम्म रोक लगाईयो

गोरखा ११ कार्तिक ।  केही दिन यताबाट मौसममा आएको परिवर्तनका कारण उत्तरी गोरखाको पदयात्रा जान रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गर्दै कार्तिक १० गते सोमबार रातीदेखी १२ गतेसम्म उक्त क्षेत्रमा जाने जो कोहीलाई पनि रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षरित सूचनामा ‘जल तथा मौसम बिज्ञान विभागको प्रक्षेपण अनुसार हाल देशमा पश्चिमी बायुको साथै अरब सागरबाट बनेको न्यून चापीय प्रणालीको प्रभावले २०८२–०७–१० गतेदेखी २०८२–०७–१२ गतेसम्म यस जिल्लामा समेत पानी पर्ने एवं उच्च हिमाली क्षेत्रमा हिमपात पर्न सक्ने सम्भावना रहेको’ भन्दै ‘प्रतिकुल मौसमका कारण विपद्का घटना हुन सक्ने अवस्था रहेको हुदा हिमाली क्षेत्रमा पदयात्रामा रहेका पर्यटकहरुलाई सुरक्षित स्थानमा बस्न एवं मौसममा सुधार नभएसम्म पदयात्रामा नजान’ भनेको छ ।

यसै बिच नेपाल प्रहरीले हिजो रातीदेखी नै उत्तरी जगतबाट कोही कसैलाई पनि पदयात्रामा जानबाट रोक लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्तरी गोरखाको साम्दोसम्म पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जुन जुन स्थानमा बसेको हो त्यही स्थानमा बस्न भनेको पनि बताउनुभयो ।

तर यस अघि नै पद यात्रामा गएका तथा साम्दो कटेर धर्मशाला पुगेका पर्यटकहरुका बारेमा भने सञ्चार सम्र्पक हुन नसकेकोले के कस्तो अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुन नसकेको प्रहरी उपरिक्षक बिकले बताउनुभयो ।

प्रशासनले जारी गरेको सूचनामा जिल्ला भरका किसानलाई संबोधन गर्दै ‘कृषकहरुलाई मौसममा सुधार भएपछी मात्र खेतीबाली भित्राउने कार्य गर्नु गराउनुहुन’ भनेर अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology