Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सुनको मूल्य तोलाको दुई हजार घट्यो


679
Shares

सुनको मूल्य तोलाको दुई हजार घट्यो

काठमाडौँ, १० कात्तिक । स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू। दुई हजारले घटेर रू। दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला रू। ३५ ले घटेर रू। दुई हजार ९८० भएको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रू। दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology