Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

निर्वाचनबाट नै संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छ : संयोजक दाहाल


1.5K
Shares

निर्वाचनबाट नै संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छ : संयोजक दाहाल

गोरखा, १० कात्तिक  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय महाधिबेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माध्यमबाट नै संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।

माओवादी केन्द्र गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको अवस्थामा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभयो ।

‘‘हामी निर्वाचनबाट पछि हट्ने कुरा हुन सक्दैन्, संयोजक दाहालले भन्नुभयो, ‘‘सरकार निर्वाचनको वातावरण बनाउन अहिले सवै ढंगले दवाव दिनु आवश्यक छ ।’’ जेनजी आन्दोलनको गम्भीर समिक्षा गरेर माओवादीले जटिल परिस्थितीमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निस्कर्ष निकालेको उहाँको भनाई छ ।

पछिल्लो समय निर्वाचनको वातावरण पनि विस्तारै बन्दै गएको र अन्य दलहरु समेत निर्वाचनमा भाग लिन तयार भइसकेको संयोजक दाहालले बताउनुभयो । देशमा फेरी अर्को दुर्घटना हुन नदिने जिम्मेवारी सवैको रहेको भन्दै उहाँले तोकिएको समयमा निर्वाचन हुनुपर्ने उल्लेख गर्नुभयो ।

‘‘जेनजी आन्दोलनका मागहरु माओवादी केन्द्रकै मागहरुको निरन्तरता हो, संयोजक दाहालले भन्नुभयो, ‘‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको एजेण्डा उठाउदैँ आएका थियौँ भने सरकारमा रहदा र सरकार बाहिर रहदा पनि भ्रष्टाचार र सुशासनको पक्षमा काम गर्दै आएको स्पष्ट नै छ ।’’

माओवादीले उठाउदै आएका माग र जेनजी आन्दोलनले उठाएका मागमा समानता रहेको भन्दै उहाँले त्यसले माओवादीलाई गर्व लागेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology