Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अजिरकोट गाउँपालिका ‘स्वच्छ खाद्य उत्पादन प्रवर्धन’ क्षेत्रमा गण्डकी प्रदेशमै पहिलो


1.4K
Shares

अजिरकोट गाउँपालिका ‘स्वच्छ खाद्य उत्पादन प्रवर्धन’ क्षेत्रमा गण्डकी प्रदेशमै पहिलो

गोरखा, २ कात्तिक — गण्डकी प्रदेशका ८५ स्थानीय तहहरूमध्ये गोरखाको अजिरकोट गाउँपालिका ‘स्वच्छ खाद्यवस्तु उत्पादन प्रवर्धनमार्फत दिगो कृषि तथा खाद्य–पोषण सुरक्षा सुनिश्चित’ गर्ने क्षेत्रमा उत्कृष्ट गाउँपालिका बनेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले ४५ औँ विश्व खाद्य दिवसको अवसरमा अजिरकोट गाउँपालिकालाई विहिबार कदरपत्र प्रदान गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

यो उपलब्धिसँगै अजिरकोट गाउँपालिकाले कृषि तथा खाद्य सुरक्षाको क्षेत्रमा उदाहरणीय पहिचान बनाएको छ। संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन प्रसाद परियारले अजिरकोट गाउँपालिकालाई कदरपत्रसहित सम्मान गर्नुभएको हो । स्थानीय सरकार, गाउँपालिका भित्रका कृषक तथा जनप्रतिनिधि, कर्मचारी तथा नागरिकहरूको सामूहिक प्रयासको नतिजा भएको गाउँपालिकाले जनाएको छ ।

अजिरकोट गाउँपालिकाले अर्गानिक एवं दिगो उत्पादन प्रणालीलाई प्राथमिकतामा राख्दै जैविक खेती, स्थानीय बीउ–बिजनको संरक्षण, र पोषणयुक्त कृषि उत्पादनमा जोड दिँदै आएको छ। साथै, गाउँपालिकाले कृषकहरूको क्षमता अभिवृद्धि, कृषि प्रविधिको प्रयोग, र बजार पहुँच विस्तारका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

गाउँपालिका अध्यक्ष देवकोटाले भन्नुभयो “हाम्रो लक्ष्य दिगो विकास, स्वच्छ उत्पादन र समृद्ध अजिरकोट हो।” यस उपलब्धिले गाउँपालिकालाई आगामी दिनमा अझ प्रेरित बनाउने विश्वास व्यक्त गरिएको छ। गाउँपालिकाले आगामी दिनमा पनि कृषकमैत्री नीति, सुरक्षित खाद्य प्रणाली, र दिगो विकासका अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology