गोरख, २ कार्तिक । पुस्तक ब्यवसायी संघ गोरखाका स्वर्गीय अध्यक्ष दामोदर घिमिरेको सम्झनामा आज १ दिन गोरखा जिल्ला भरका सबै पुस्तक पसल बन्द गरिएको छ ।
गएको बिहीबार अध्यक्ष घिमिरे चितवनबाट गोरखा आउने क्रममा चितवनको रामनगरमा भएको दुर्घटनामा निधन भएकाले शोक मनाउदै आज १ दिन जिल्ला भरको सबै पुस्तक पसल बन्द गरिएको गण्डकी प्रदेशका महासचिव प्रदिप खनालले जानकारी दिनुभयो ।
घटना पछी हिजो मात्र पिडित र पिडक पक्ष बिच क्षतिपुर्तीका बिषयमा सहमती भएको र आज उनको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिने भएपछी गोरखाका सबै पुस्तक ब्यवसायीहरुले आज पसल बन्द गरेका हो ।
४० बर्षिय घिमिरेले बिगत लामो सयमदेखी गोरखा बजारलाई कार्य क्षेत्र बनाएर चिन्तन बुक्स एण्ड स्टेशनरी सञ्चालन गर्दै आउनुभएको थियो । घिमिरेलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित सडकमा बा।प्र।०१–००१ प १६८४ नम्बरको बसले दिउसो १२ः४५ बजे ठक्कर दिदा बिहीबार ज्यान गएको थियो ।
चितवनमा रहेको भाईको घरबाट गोरखा तर्फ फर्कने क्रममा उनी चढेको ग.२० प ८५५९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा घिमिरे गंभिर घाईते भएका थिए । उहाँको उपचारकै क्रममा दिउसो १ः३५ बजे निधन भएको थियो ।