Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पुस्तक ब्यवसायी संघ गोरखाका अध्यक्ष घिमिरेको मृत्यु


1.7K
Shares

पुस्तक ब्यवसायी संघ गोरखाका अध्यक्ष घिमिरेको मृत्यु

गोरखा, ३१ असोज । चितवनको सडक दुर्घटनामा परेका पुस्तक ब्यवसायी संघ गोरखाका अध्यक्ष दामोदर घिमिरेको निधन भएको छ । दुर्घटनामा परेका घिमिरेको उपचारको क्रममा बिहीबार दिउँसो निधन भएको हो ।

घिमिरेलाई भरतपुर महानगरपालिका(१ रामनगरस्थित सडकमा बा।प्र।०१(००१ प १६८४ नम्बरको बसले १२स्४५ बजे ठक्कर दिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

चितवनमा रहेको भाईको घरबाट गोरखा तर्फ फर्कने क्रममा उनी चढेको ग।२० प ८५५९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा घिमिरे गंभिर घाईते भएका थिए । उहाँको उपचारकै क्रममा दिउसो १स्३५ बजे निधन भएको चिकित्सकलाई उदृत गर्दै चितवन प्रहरीले जनाएको छ ।

घाइते घिमिरेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घिमिरेको शवलाई अहिले पोष्टमार्टमकालागि भरतपुरको सरकारी अस्पतालमा राखिएको छ ।

बिगत लामो समयदेखी घिमिरेले गोरखा बजारमा चिन्तन बुक्स एण्ड स्टेशनरी पसल सञ्चालन गर्दै आउनुभएको थियो । संघले उनको निधन प्रति गहिरो समावेदना ब्यक्त गर्दै दुर्घटनामा संलग्न बस चालकलाई कानूनी दायरामा ल्याउन पनि चितवन प्रहरीलाई आग्रह गरेको छ ।

रामनगरको प्रहरी चौकी अगाडी भएको उक्त दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology