Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सहज वातावरण भए सबै दल चुनावमा आउँछन् तर सरकारले विश्वासमा लिने काम गरेको छैनः देउवा


1.5K
Shares

सहज वातावरण भए सबै दल चुनावमा आउँछन् तर सरकारले विश्वासमा लिने काम गरेको छैनः देउवा

काठमाडौं,२८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुनाव हुने विश्वासिलो वातावरण नै बनाउन नसकेको टिप्पणी गरेका छन् ।

गत भदौ २४ गते निवासमै जेनजी प्रदर्शनकारीबाट आक्रमणमा परेका देउवा ३४ दिनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका थिए । केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै चुनाव हुने सहज वातावरण भए सबै दल निर्वाचनमा सहभागी हुने पनि बताउनुभयो ।

‘चुनाव हुने सहज वातावरण भए सबै दल निर्वाचनमा सहभागी हुन्छन । तर सरकारले विश्वासमा लिने काम गरेको छैन,’ उहाँले भन्नुभयो । प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन २१ गतेलाई तोकिएको छ । सरकारले दलहरूसँग संवाद नगरेको आरोप लागिरहेको छ ।

केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको थियो । प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी उक्त सर्वदलीय बैठकमा दलहरूका तर्फबाट दोस्रो तहका नेता सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology