Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एकैदिन ८ हजार १ सय बढ्यो सुन, साढे २ लाख नजिक


1.2K
Shares

एकैदिन ८ हजार १ सय बढ्यो सुन, साढे २ लाख नजिक

काठमाडौं, २८ असोज । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology