Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

दशैं सकिएसँगै सुनसान बन्दै गाउँघर


1.1K
Shares

दशैं सकिएसँगै सुनसान बन्दै गाउँघर

गोरखा, २२ असोज । दशै सकिएसँगै गाउँ विस्तारै सुनसान बन्दै गएका छन् । दशैं मान्न गाउँ आएकाहरू शहर फर्कन थालेपछि गाउँघर सुनसान बनेका हुन् ।

उनीहरू फर्किएलगत्तै गाउँघर सुनसान बन्दै गएको स्थानीयहरू बताउँछन् । अहिले शहर फर्किनेको लर्को लागेको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोलाङ् लगायत अन्य गाउँहरू यतिबेला सुनसान हुन थालेका छन् ।बोलाङ् मात्र नभइ यो नेपाली गाउँबस्ती सबैतिरको अवस्था हो ।

चाडबाडमा गाउँ भरिँदा गाउँको शोभा नै अलग हुने स्थानीयहरू बताउँछन् । ‘दशैं आउँछ, शहरबजारतिर पढ्न गएका केटाकेटीहरू, जागिर गर्नेहरु र विदेश गएकाहरू एकैपटक गाउँघर फर्किन्छन् । जताततै बालबालिका खेलेको,गाएको,नाचेको देखिएको थियो । आफन्तसँग भेटघाटमा व्यस्त देखिएकाहरु अहिले कुन बसमा सहर छिर्ने भन्ने सोचमा छन् ।

दशैंको बिदा सकिएसँगै गाउँ पसेकाहरू फर्किन थालेपछि सुनसान गाउँ देख्दा साह्रै नरमाइलो लाग्ने गरेको ९७ बर्षीया दुर्गामा केशी बताउनुहुन्छ ।

अब दशैं सकियो छोरा,बुहारी,नातीनातीना फेरि शहर झर्न थालिसके उहाँले भन्नुभयो, बालबालिका नहुँदा घरको मात्रै नभइ गाउँकै शोभा घट्न थाल्यो । पछिल्लो समय गाउँ छोडेर शहर बस्ने प्रचलन बढ्दो छ । पढाइ,जागिरलगायत विभिन्न कारणले गाउँ छोड्नेहरूको संख्या बढ्न थालेपछि गाउँघर सुनसान बन्दै गएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology