Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मनसुनजन्य विपद्ः २२ जनाले गुमाए ज्यान


1.6K
Shares

मनसुनजन्य विपद्ः २२ जनाले गुमाए ज्यान

काठमाडौं, १९ असोज । शुक्रबार रातिदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ ।

शुक्रबार, शनिबार र आइतबार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो। जसमध्ये मनसुनजन्य विपदबाट इलाममा १८ जनाको ज्यान गएको छ ।

रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टले बताउनुभयो ।

उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको थियो। हाइस जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो । २२ मध्ये २१ जनाको उद्धार गरिएपनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताउनुयभयो ।

इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिनुभयो । उदयपुरको गिरेबी खोलामा केही मानिसहरू डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरू परिचालन गरेको बताउनुभयो ।

‘अरू बेलामा भन्दा कम घटना भएपनि घटनाहरू भएका छन्। उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना हुँदा, जबरजस्ती खोलामा हाल्दै गर्दा २१ जनाको उद्धार गर्न सकिए पनि त्यसबाट बगेर एक जनाको निधन भएको छ। इलाममा १८ जनाको निधन भएको खबर छ। ७ जना घाइते हुनुहुन्छ ।

इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको छ। चट्याङका कारणले पनि केहीको मृत्यु भएको छ। उदयपुरको गिरेबी खोलामा केही मानिसहरू फसिरहेका छन्। डुबानमा फसेकाले उहाँहरुलाई उद्धार गर्न सुरक्षा टोली परिचालन गरिएको छ। समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेका छौं,’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology