गोरखा, १७ असोज । दशैंकोलागि बन्द मनकामना केबुलकार भोलीबाट नियमित सञ्चालनमा आउने भएको छ । दशैं मनाउन कर्मचारीहरु बिदा बसेपछि ३ दिनकोलागि बन्द गरिएको थियो ।
१५ गतेबाट बन्द केबुलकार असोज १८ गते शनिबारदेखी नै नियमित रुपमा सञ्चालनमा आउने सञ्चालक मध्यका एक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार १७ गतेसम्म बन्द रहने केबुलकार भोली १८ गते बिहानैदेखी सञ्चालनमा आउने छ ।
चितवनको चेरेश र गोरखाको सहिद लखन गाउँपालिका संग जोडिएको केबुलकारले देशकै धार्मिक तिर्थ स्थल मनकामना माताको मन्दिर आउजाउकोलागि दर्शनार्थीहरुलाई सहजता प्रदान गर्दै आएको छ ।
यो नेपालको पहिलो यो केबुलकार २०५५ साल मंसिर ८ गतेदेखी ब्यवसायिक रुपमा सञ्चालनमा आएको हो ।