Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्नुहुँदै


1.3K
Shares

प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्नुहुँदै

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उहाँहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौँ महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology