काठमाडौं, १४ असोज । अर्थमन्त्री रामेश्वर खनाल पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा छन् । सोहीक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको आधिकारिक जानकारी प्राप्त भएको अर्थमन्त्री खनालले जानकारी दिएका छन् ।
अर्थ मन्त्रालयले यसअघि कानूनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको बताएको थियो ।