Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा प्रसासनद्धारा अपराधिक गतिविधि हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध


1.5K
Shares

गोरखा प्रसासनद्धारा अपराधिक गतिविधि हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध

गोरखा, १२ असोज : जिल्ला प्रशासन कार्यालय गोरखाले हालै देशभरका विभिन्न जिल्लामा देखिएको असामान्य सुरक्षाजन्य घटनाक्रमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट हतियार र अन्य बन्दोबस्ती सामग्री लुटिएको घटना र केही कैदी तथा थुनुवा फरार भएको भएकाले पनि प्रशासनले आवश्यक सजगता अपाउन आग्रह गरेको हो ।

प्रसासनले जारी सूचनामा भनिएको छ, “देशका विभिन्न जिल्लाका कारागारबाट केही कैदी तथा थुनुवा भागेको अवस्थामा छन् । उनीहरू विभिन्न स्थानमा लुकेर आपराधिक गतिविधि गर्न सक्ने सम्भावना रहेकोले गोरखा जिल्लावासी सबै नागरिकलाई सतर्क रहन अनुरोध छ ।” जिल्ला प्रसासन कार्यालय गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कारागारबाट भागेका कैदीहरू हतियारसहित फरार भएको हुनाले कुनै पनि आपराधिक घटना हुनसक्ने जोखिम कायम छ ।

गोरखा प्रशासनले हतियार र बन्दोबस्ती सामग्रीसमेत लुटिएको अवस्थाले थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै, शंकास्पद गतिविधि वा व्यक्तिको हकमा तत्काल जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । फरार कैदी वा उनीहरूलाई सहयोग गर्ने व्यक्तिबारे थाहा पाएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न वा १०० नम्बरमा फोन गरेर जानकारी प्रसासनले भनेको छ ।

प्रशासनले समुदाय स्तरमा स्वयं सतर्कता बढाउन, अपरिचित व्यक्तिहरूलाई पहिचान गर्न, र आवश्यकता अनुसार प्रहरीलाई सहयोग पु¥याउन अपिल गरेको छ । साथै, कुनै पनि अफवाहमा नफस्न, आधिकारिक सूचनामात्रलाई विश्वास गर्न र सामाजिक सञ्जालमा अपुष्ट समाचार नफैलाउन पनि अनुरोध गरेको छ ।

सुरक्षा निकायले गोरखाका बासिन्दालाई सम्भावित आपराधिक गतिविधिबाट सजग रहन, आवतजावतमा सावधानी अपनाउन विशेष अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology