गोरखा, ११ असोज । चाडपर्वका बेला बजारमा कालोबजारी रोक्न तथा अखाद्य बस्तु बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रसासन कार्यालय गोरखाले बजार अनुगमनलाई तिव्र पारेको छ । साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वको बजार अनुमगन समितिले जिल्लाका पालिका पालिकाहरुमा पुगेर बजार अनुमगन गर्न गरिरहेको छ । अहिलेसम्म जिल्ला भित्रका दूई पालिकाका बजारमा चाडपर्व लक्षित अनुगमन गरिएको साहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।
अनुमगन टोलीले शुक्रबार सिरानचोक गाउँपालिका भित्रका बिभिन्न स्थानका ६ वटा पसलहरुको अनुगमन गरेको उहाँको भनाई छ । त्यस्तै अनुमगन समितिले असोज ८ गते पनि सिरानचोक गाउँपालिका भित्रका ८ वटा पसलको अनुगमन गरेको थियो । उहाँले विहिबार जिल्लाको पालुङटार नगरपालिका भित्रका ५ वटा पसलको छड्के अनुगमन गरेको जानकारी दिनुभयो ।
अनुगमन गरिएका पसलहरुमा भेटिएका म्याद गुज्रेका खाद्य सामाग्री वरामद् गरिएको छ । त्यस्तै दर्ता नगरी सञ्चालन भएका ४ वटा पसलहरुलाई जरिवाना गरिएको साहायक प्रजिअ बरालको भनाई छ । अनुगमनको क्रममा पसलमा मूल्यसूची प्रष्ट रूपमा नदेखिएको, स्वच्छता मापदण्डमा कमी देखिएको समेत पाइएकाले तत्काल सुधार गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ ।
“उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकता दिँदै बजार अनुमगनलाई थप प्रभावकारी बनाइरहेका छौ, उहाँले भन्नुभयो, ‘‘ बजारमा म्याद गुज्रिएका वा गुणस्तरहीन सामग्री बिक्री गर्ने व्यापारीलाई कानुनी कारबाहीबाट गरिनेछ ।’’ अनुगमन समितिमा स्थानीय तहका प्रतिनिधि, स्वास्थ्य शाखा, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण समितिका प्रतिनिधि तथा सुरक्षाकर्मीको सक्रिय सहभागिता रहेको थियो ।