Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतसँग हारेपछि सेमिफाइनलमै सकियो नेपालको यात्रा


875
Shares

भारतसँग हारेपछि सेमिफाइनलमै सकियो नेपालको यात्रा

काठमाडौँ, १० असोज । श्रीलङ्कामा जारी यु–१७ साफ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै समिएको छ ।

कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्समा बिहीबार राति भएको सेमिफाइनल खेलमा नेपाल साविक विजेता भारतसँग ३–० गोलले पराजित भयो ।

भारतको जितमा गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले गोल गर्नुभयो । पहिलो हाफमा औसत प्रदर्शन गरेको नेपालले सबै गोल दोस्रो हाफमा खाएको थियो ।

फाइनलमा भारतले शनिबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार नै भएको अर्को सेमिफाइनल खेलमा बङ्गलादेशले पाकिस्तानलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारत र बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा भिड्नेछन् । अघिल्लो दुवै संस्करणमा भारतले बङ्गलादेशलाई २–० गोलले हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology