Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

रातिसम्ममा तुइन खोलाको पहिरो हटाएर आवागमन सहज बनाईने


1.4K
Shares

रातिसम्ममा तुइन खोलाको पहिरो हटाएर आवागमन सहज बनाईने

काठमाडौँ, ९ असोज । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले बिहीबार रातिसम्म मुग्लीन नारायणगढ सडकखण्डको तुइन खोला नजिक झरेको पहिलो हटाएर आवागमन सहज बन्ने बताएको छ ।

पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी भएकाले अपरेटरलाई पहिरो पन्छाउन समस्या भएको मन्त्रालयले जनाएको छ। अहिले हेभी इक्युपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुई जना अपरेटर थप गरेर सडक खुलाउने काम भइरहेको मन्त्रालयले सूचनामार्फत् जानकारी गराएको छ ।

सूचनामा भनिएको छ, ‘पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी भएको र ससाना तिखा ढुंगाका कारण टायर पञ्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेपछि हेभी इक्प्यसपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट अपरेटर पनि थप गरिएको छ ।

कुनै पनि बाधा आइनपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा संभवतः आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन संचालनमा ल्याउने आँकलन गरिएको छ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology