Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ


1.2K
Shares

गोरखामा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

गोरखा, ९ आसोज । गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपिपलस्थित मैवलका ६३ बर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

डिएसपी सुवेदीका अनुसार रानामगरको घरबाट प्रहरीले एकनाले भरुवा बन्दुक दुई थान, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गजसमेत बरामद् गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलीले गएराती उनको घरमा खनतलासी गरेको थियो । पक्राउ परेका रानामगरमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology