गोरखा, ९ असोज । गोरखाको सबै पम्पहरुमा पेट्रोलियम पदार्थ सकिएको छ । पम्पमा तेल सकिए लगत्तै सर्व साधारणमा हाहाकारको अवस्था र्सिजना भएको छ ।
जिल्लामा रहेको ३ वटा पम्पमा हिजो र आज बिहानैदेखी सवारी साधनको लाईन लागेर तेल भर्दा सबै तेल सकिएको हो । गोरखा सदरमुकामको कलश आयल स्टोरमा रहेको ६ हजार लिटरको पेट्रोल र ४० हजार लिटर क्षमताको डिजल सकिएको सञ्चालक शित्तलकाजी मास्केले जानकारी दिनुभयो । उहाँका अनुसार मुग्लिन–चितवनको सडक खण्डको तुईन खोलामा पहिरो खस्दा आयात गर्न समस्या भएको पनि उहाँले बताउनुभयो ।
‘हामीले पोखराबाट तेल ल्याउने कोशिस गरिरहेका छौ’ उहाँले भन्नुभयो ‘पोखराबाट तेल ल्याउदा घाटा पर्ने भएकोले चाडपर्वको बेला बजारमा अभाव नहोस भनेर मात्र ल्याउन लागिएको हो ।’
मास्केका अनुसार पोखराबाट आयात गरिएको तेल बिक्री गर्दा आफुले घाटा लाग्ने गर्दछ । त्यसकारण पनि बाटो सहज नहुदासम्म पर्याप्त तेल आयातमा समस्या हुने गर्दछ ।
उहाँले नै सञ्चालन गर्नुभएको गोरखा नगरपालिका–१२ को दश किलो भन्ने स्थानमा रहेको मनास्लु ट्रेड एण्ड इन्टरप्राईजेजमा रहेको ३० हजार लिटर डिजल र ८ हजार लिटर पेट्रोल समेत बिक्री भई सकेकोले सबै ट्याकी खाली भएको छ ।
उता गोरखा नगरपालिका–११ को तेह्र किलो बजार क्षेत्रमा रहेको गोरखकाली फ्युल सेन्टरमा पनि तेल सकिएको छ । केही बेर अगाडीसम्म रहेको पेट्रोल सकिएको सञ्चालक मध्यका रामहरी खत्रीले जानकारी जानकारी दिनुभयो ।
‘आज बिहानसम्म ४ हजार लिटर पेट्रोल केही डिजल थियो, भर्खर सकियो’ उहाँले भन्नुभयो ‘बजारमा अभाव हुन नदिन तत्कालकोलागि पोखराबाट तेल ल्याउने ब्यवस्था मिलाएको र साँझसम्म तेल आउने छ ।’
स्टक रहेकोमा ३० हजार लिटर डिजल र ८ हजार लिटर पेट्रोल पनि सबै सकिएको खत्रीले बताउनुभयो । उहँको २ वटा पेट्रोल ट्याकर तुईनखोला पहिरोका कारण मुखैमा रोकिएको छ ।
चाडपर्व नकिदै गर्दा बाहिरबाट जिल्लामा आएका सवारी साधन र जिल्ला भित्रै रहेको सवारी साधनले समेत तेल अभाव हुने भन्दै फुल ट्याकी तेल भर्दा चाढो सकिएको हो ।
बजारमा तेल अभाव भएसंगै प्रमुख जिल्ला अधिकारी रामुराज कड्रियारले जिल्लामा तेल आयातकालागि पोखरामा समन्वय गरिरहेको बताउनुभयो ।
‘मैले चितवनको सिडियो साप संग कुरा गरेको थिए’ उहाँले भन्नुभयो ‘साँझसम्म बाटो एक तर्फी खुल्ने आशा छ । त्यो भयो भने बाटोमा रोकिएको ट्याकर जिल्ला भित्रीयो भने समस्या समाधान हुने छ ।’