Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

तातोपानीतर्फ गए नेपाली ट्रक


1.4K
Shares

तातोपानीतर्फ गए नेपाली ट्रक

काठमाडौँ, ७ असोज । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौँको सङ्ख्यामा रहेका दसैँका लागि सामानले भरिएका कन्टेनर ल्याउने प्रक्रिया सुरु भएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका अनुसार भन्सार यार्डमा कन्टेनर ल्याउन नेपालतर्फ रोकिएका मालबाहक बन्द ट्रक सिमानातर्पm गएका छन् । “यताबाट सवारीसाधन गएका छन् । ती साधनले भोलिदेखि उता रहेका कन्टेर लोड गरेर ल्याउने छन्,” उहाँले भन्नुभयो ।

पहिरोका कारण स्थानीयले बस्ती जोखिममा परेको भन्दै सडक खुलाउन अवरोध गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडक खुलाउन पहल गरिएको थियो ।

अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

उक्त राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कुसहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो ।

चाडपर्वका बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो । त्यसपछि मन्त्री घिसिङले गत बुधबार

भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवालाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology