Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा


1.2K
Shares

बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा

काठमाडौँ, ६ असोज । नेपाल श्रीलङ्कामा जारी यु–१७ साफको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० गोलले हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा लगातार दोस्रो हार खेपेसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएको थियो ।

सेमिफाइनलमा नेपालले भारत र पाकिस्तानमध्ये एउटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ बाट भारत र पाकिस्तानले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology