Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या


1.6K
Shares

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक,५ असोज । नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५(३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिनुभयो। सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए ।

उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology