काठमाडौँ, ४ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो।
विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उहाँले बताउनभयो।
समितिले नेपालका लागि असोज १६ गते बिहान ११ स्५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ स्४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ स्२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ स्५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ स्०५, टेक्सासका लागि अक्टोबार ११ स्३३, वासिङ्गटन डिसीका लागि ११ स्३५, क्यालिफोर्नियाका लागि बिहान ११ स्११, कोलोराडोका लागि ११ स्२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिनुभयो।
यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ स्५५, भ्यानकुभरका लागि ११ स्३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ स्३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ स्४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ स्१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ स्५३, एडिलेटका लागि ११ स्३५, क्यानबेराका लागि ११ स्५१, तास्मानियाका लागि ११ स्४५, पर्थका लागि ११ स्२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ स्४७ बजेको साइत शुभ रहेको छ।
यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ स्२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ स्२३, लण्डन बेलायतका लागि बिहान ०९ स्१७, पेरिस, फ्रान्सका लागि बिहान ०९ स्५७, नर्वेको ओस्लोका लागि बिहान १० स्०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११ स्११, अवुधावी युएइका लागि बिहान १० स्५५, दोहा कतारका लागि बिहान १० स्१३, बैंकक थाइल्याण्डका लागि बिहान १० स्४५, सियोल दक्षिण कोरियाका लागि बिहान १० स्५७, तेल अभिभ इजरायलका लागि बिहान ११ स्३५, सिङ्गापुरका लागि बिहान ११ स्०९, हङ्गकङ्गका लागि बिहान ११ स्४५, साउदी अरेबियाका लागि बिहान १० स्५५, याङ्गून म्यानमारका लागि बिहान १० स्२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १० स्२५ र माल्टाका लागि बिहान १० स्५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो। रासस