काठमाडौँ, ४ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलाको पुल नजिक निरन्तर पहिरो झरेकाले सडक अवरुद्ध भएको हो। ठुलो पहिरो खसेपछि रातभर सडक खुल्ने सम्भावना कम देखिएको प्रहरीले जनाएको छ ।
अहिले निरन्तर पहिरो खसिरहेकाले तत्काल सडक खुल्ने अवस्था छैन । सडकको दुई तर्फबाट पहिरो हटाउनेकाम भए पनि पहिरो निरन्तर झरिरहेकाले समस्या भएको छ। थप पहिरो खस्नेक्रम रोकिएमा चार घण्टामा पहिरो हटाउने सकिने अनुमान गरिएको छ ।
शुक्रबार साँझदेखि मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहँदा पहिरो आएर समस्या बनाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुङ्गा झरिरहेको छ । शनिबार बिहान ७ः४० मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाई र १६ मिटर उचाइमा पहिरो रहेको छ । अहिले पनि सानो पहिरो र ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएको उहाँले बताउनुभयो ।