गोरखा, ४ असोज ः गोरखामा जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेको श्रद्धान्जलीका लागि गोरखामा दीप प्रज्वलन गरिएको छ । नेपाली काँग्रेस गोरखा नगरसमितिको आयोजनामा शनिबार जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो ।
गोरखा नगरपालिका–६ स्थित लोकतान्त्रिक चोकमा श्रद्वाञ्जली स्वरुप दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन अगाडी सहभागीहरुले १ मिनेट मौन धारण समेत गरेको नगरसमितिका सभापति चन्दनबाबु खत्रीले जानकारी दिनुभयो ।