Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पालुङटार नगरपालिकामा बिहिबारबाट कृषि हाट बजार सञ्चालनमा ल्याइने


2K
Shares

पालुङटार नगरपालिकामा बिहिबारबाट कृषि हाट बजार सञ्चालनमा ल्याइने

गोरखा, ४ असोज । पालुङटार नगरपालिका–४, बाह्रपिर्केमा कृषि हाट बजार सञ्चालनमा ल्याइने भएको छ । पालुङटार नगरपालिकाको अन्तर्गत स्थानीय हाट बजार सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा यहीँ असोज ९ गतेदेखि हाटबजार सञ्चालनमा ल्याउन लागिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

पालुङटारका कृषकहरुले उत्पादन गरेका कृषि उत्पादनलाई बजार पहुँच विस्तार गर्दै उपभोक्तालाई सस्तो तथा ताजा उत्पादन उपलब्ध गराउने नगरपालिका भित्र हाट बजार सञ्चालन गर्न लागिएको उहाँको भनाई छ ।

उक्त हाटबजारमा कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल, अन्नबाली, जडीबुटी, मसला, कुखुरा, खसीबोका लगायतका कृषि उपज र त्यसका उप–उत्पादनहरू प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ ।

साथै नगरपालिकाका लघु उद्यमीहरुले तयार गरेका सामग्री तथा परिकारहरू पनि हाटबजारमा बिक्रीका लागि राख्ने व्यवस्था मिलाइने नगरप्रमुख चिन्तनले बताउनुभयो स्थानीय उत्पादन बृद्धि गर्दै कृषकलाई लाभ दिलाउने उद्देश्यले साथ सञ्चालनमा ल्याउन लागिएको हाटबजारमा आफ्ना उत्पादन बिक्री गरेर लाभ लिननगरपालिकाले कृषक तथा उपभोक्ताहरुलाई अनुरोध गरेको छ ।

हाट बजारको उद्घाटनका अवसरमा स्थानीय कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ । हाटबजारमा कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल, अन्नबाली, जडीबुटी, मसला, कुखुरा, खसीबोका लगायतका कृषि उपज र त्यसका उप–उत्पादनहरू प्रदर्शनी तथा बिक्री गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । उद्घाटन कार्यक्रममा कार्यक्रममा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतिहरू पनि रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology