Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भिमसेनथापा गाउँपालिकामा राष्ट्रिय शिक्षा दिवस २०८२ बिभिन्न कार्यक्रम गरी मनाइयो


602
Shares

भिमसेनथापा गाउँपालिकामा राष्ट्रिय शिक्षा दिवस २०८२ बिभिन्न कार्यक्रम गरी मनाइयो

 

गोरखा, ४ असोज । “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता ः साझेदारी र प्रगतियुक्त सक्षमता” भन्ने मूल नाराका साथ भिमसेनथापा गाउँपालिका शिक्षा शाखाको आयोजनामा राष्ट्रिय शिक्षा दिवस २०८२ विहिवबार बिभिन्न कार्यक्रम मनाइएको छ । गाउँपालिका शिक्षा शाखाको आयोजनामा पालिकाको सभाहलमा भएको कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको हो ।

गाउँपालिका शिक्षा शाखाले शैक्षिक सत्र २०८१ मा पालिका भित्र कक्षा ८ अन्र्तगतका ६ जना बिषयगत बिषयगत शिक्षक, कक्षा १० अन्र्तगत ९ जना, कक्षा १२ तर्फका ११ जना शिक्षकलाई सम्मान गरेको गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै पालिका भित्र कक्षा ५ तर्फ उत्कृष्ट जिपिए प्राप्त गर्ने रविन्द्र ज्वोती, शान्ति मा.विका एकएक जना र सरस्वती मा.विका २ जना, बिन्द्रावती मा.विका २ जना, दुल्लभ मा.विका २ जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

विद्यालयतर्फ कक्षा ५ मा उत्कृष्ट जिपी ल्याउन विन्द्रवती मावि, संस्कृति मा.वि, शान्ति मावि, र पाटनदेवी माविलाई गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा कक्षा १२ तर्फ सतप्रतिसत विद्यार्थी उर्तिण गराउन सफल ९ वटा विद्यालयका ४८ जना शिक्षकलाई पनि सोही अवसरमा सम्मान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै शैक्षिक सत्र २०८१ अन्र्तगत एसइई परीक्षामा पालिका भित्र सतप्रतिसत विद्यार्थी उर्तिण गराउन सफल ११ विद्यालयका ४० जना शिक्षकलाई पनि सम्मान गरेको उहाँले बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकाको शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने शिक्षक भूमि गोतामे, सीता अधिकारी, रामचन्द्र लामिछाने, उत्तरनारायण श्रेष्ठ र गिरीराज लामिछाने पनि गाउँपालिकाले सम्मान गरेको सामाजिक विकास शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती भट्ट, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, नेपाल शिक्षक महासंघ भीमसेन थापा गाउँपालिकाका अध्यक्ष भूमि गोतामे, भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष होमबहादुर बरामुलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

पालिकाले उत्कृष्ट विद्यार्थी र शिक्षकलाई प्रदान गरिएको सम्मानले सम्पूर्ण शैक्षिक समुदायलाई थप उत्साह र प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ । भिमसेनथापा गाउँपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रको स्तर वृद्धि गर्न निरन्तर अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology