Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा अरिगालले चिल्दा १ जना पुरुष घाईते


2.2K
Shares

गोरखामा अरिगालले चिल्दा १ जना पुरुष घाईते

 

गोरखा, ४ असोज । गोरखामा अरिगालले चिल्दा १ जना पुरुष घाईते भएका छन् । घर भित्रै रहेको गोलो एक्कासी खसेर अरिगालले चिल्दा ४५ बर्षका सन्त बहादुर लामा घाईते भएका हुन् ।

पालुङटार नगरपालिका–१ स्थायी घर भएका लामा गोरखा नगरपालिका–६ को सरस्वती मार्ग बस्दै आएका थिए । उनी बस्ने घर भित्रै रहेको अरिगालको गोलो केही दिनको लगातारको बर्षा पछी अचानक खसेको पारीवारीक स्रोतले जनाएको छ ।

घाईते लामालाई अहिले गोरखा अस्पतालमा उपचारकोलागि राखिएको छ । अहिले लामाको शरिरको रगत पातलो भएकोले बाक्लो बनाउनकोलागि औषधी चलाएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनलाई कम्तीमा पनि ३० वटा अरिगालले चिलेको अनुमान गरीस्एको छ ।

उनको ४ बजेसम्म पनि अवस्थामा सुधान नआए थप उपचारकोलागि अन्य स्वास्थ्य संस्थामा रेफर गनुपर्ने पनि अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology