Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मलेसियामा खेल्ने नेपाली महिला टोलीको घोषणा


518
Shares

मलेसियामा खेल्ने नेपाली महिला टोलीको घोषणा

काठमाडौँ, ४ असोज । मलेसियामा खेल्ने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय मिहला टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले शनिबार १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । नेपालले मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीसँग अक्टोबर २ देखि ८ तारिखसम्म पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।

त्यसअघि नेपाली महिला टोलीका खेलाडीले विभिन्न टोलीमा रहेर मलेसियन सुपर वुमन सिरिज खेल्नेछन् । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा पाँच वटा फरक टोलीबिच प्रतिस्पर्धा हुनेछ ।

टी–२० सिरिज सुपर सिरिजमा सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली महिला टोली

इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सिता रानामगर ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology