Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रचण्ड जनयुद्धले जन्माएको नेता हुन्, सडकबाट राजीनामा माग्नु सही होइन : हरिबोल गजुरेल


840
Shares

प्रचण्ड जनयुद्धले जन्माएको नेता हुन्, सडकबाट राजीनामा माग्नु सही होइन : हरिबोल गजुरेल

काठमाडौँ, २ असोज । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनयुद्धले जन्माएका नेता भएको बताउनुभइको छ । पार्टीभित्र नेतृत्व छोड्नुपर्ने दबाब बढिरहेका बेला प्रचण्डको बचाउ गर्दै गजुरेलले सडकबाट राजीनामा माग्नु सही नभएको बताउनुभएको हो । ।

बिहीबार उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ– ‘प्रचण्ड जनयुद्धले जन्माएका नेता हुन् । उहाँका सीमाहरू देखिएका छन् । तर, मानसिक पीडामा रहेका नेतृत्वसँग सडकबाट तुरुन्त ‘राजीनामा’ माग्नु सही होइन।’

गजुरेलले यस्तो कदमले इगो जन्माउन सक्ने र विधि–पद्धति तथा मानवीयताको उल्लङ्घन हुने स्पष्ट पारेका छन् । सम्मानपूर्वक भित्री छलफल र सहमति मार्फत निर्णय लिनु नै नेतृत्वको गरिमा र पार्टीको भविष्य सुरक्षित गर्ने बलियो बाटो भएको उहाँले जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology