Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

साफ यु–१७ च्याम्पियनसिप स् नेपाल आज बङ्गलादेशसँग भिड्दै


637
Shares

साफ यु–१७ च्याम्पियनसिप स् नेपाल आज बङ्गलादेशसँग भिड्दै

काठमाडौँ, २ असोज । श्रीलङ्कामा जारी साफ यु–१७ च्याम्पियनसिपमा नेपालले बिहीबार आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्पलेक्समा साँझ ७स्१५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

समूह ‘ए’ पहिलो खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हराएर उत्साहित देखिएको नेपालले बङ्गलादेशलाई हराउन सके समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

बङ्गलादेशको यो पहिलो खेल हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई हराउँदा दुवै गोल समीर कुमारले गर्नुभएको थियो ।

सातै देश सहभागि च्याम्पियनसिपको समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology