Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाको आरुघाट गाउँपालिकामा नियमित फोहर संकलन सेवा सुरु


1.7K
Shares

गोरखाको आरुघाट गाउँपालिकामा नियमित फोहर संकलन सेवा सुरु

गोरखा, २ असोज । गोरखाको आरुघाट गाउँपालिकाले आरुघाट बजार, आरुटार र आर्खेत क्षेत्रलाई सफा र आकर्षक राख्ने उद्देश्यले नियमित फोहर संकलन सेवा सुरु गरेको छ । गाउँपालिकाले आरुघाट युवा क्लबसँगको सम्झौता गरेर आरुघाट बजार, आरुटार र आर्खेत बजार क्षेत्रका फोहोर हरेक साताको शनिबारका नियमित रुपमा संकलन गर्न लागिएको हो । गाउँपालिकाले सार्वजनिक सूचनामार्फत फोहोर सकंलनमा सहयोग गर्न पालिकाबासीलाई अनुरोध समेत गरेको छ ।

पालिकाको बजार क्षेत्रमा रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, टोल विकास संस्था, व्यवसायी, होटल तथा पसल सञ्चालक, घरधनी र स्थानीय बासिन्दालाई सरसफाइ अभियानमा सक्रिय सहयोग गर्न अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाले तोकेको फोहोर संकलनको शुल्क समयमै भुक्तानी गरी ‘सरसफाई कार्ड’ अनिवार्य रूपमा लिन पनि आग्रह गरेको छ । “आरुघाट बजारलाई स्वस्थ, सफा र सुन्दर बनाउने जिम्मेवारी सबैको हो। फोहर संकलन र व्यवस्थापनमा गाउँपालिका र आरुघाट युवा क्लबलाई आवश्यक सहयोग पु¥याउनु सबैको दायित्व हो।”

गाउँपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ । बजार क्षेत्रको वातावरण सुधार र सरसफाई कायमका लागि गाउँपालिकाले यस्तो निर्णय गरेकोहो । गाउँपालिकाले फोहर संकलनको नियमितता कायम गर्न स्थानीयवासीको प्रत्यक्ष सहभागिता अनिवार्य रहेको भन्दै प्रत्येक घरधुरीलाई निर्धारित स्थान र समयमा फोहर राखिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology