Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पदबहाली लगत्तै गृहमन्त्री अर्यालले गरे दुई निर्णय


931
Shares

पदबहाली लगत्तै गृहमन्त्री अर्यालले गरे दुई निर्णय

काठमाडौं, ३० भदौ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै मृतकका परिवारलाई काजकिरियाबापत एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।

सोमबार पदबहाली गरेपछि मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई उक्त राहत रकम दिने निर्णय गरेका हुन् ।

यस्तै, राष्ट्रिय झन्डा झुकाउँदै राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उहाँले बताउनुभयो । शवको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

त्यसैगरी, शवलाई सरकारले घरसम्म पुर्‍याउने र नसकिने ठाउँमा हेलिकप्टरको प्रयोग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology