Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रेशम र सुमनाद्वारा पार्टी परित्याग


721
Shares

रेशम र सुमनाद्वारा पार्टी परित्याग

काठमाडौँ, ३० भदौ । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेशमलाल चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की नेतृ सुमना श्रेष्ठले आइतबार पार्टी छोड्नुभएको छ । चौधरीले पार्टीलाई विधिविधानमा चलाउन नसकेपछि परित्याग गरेको जानकारी दिनुभयो । “मैले नाउपा छोडेँ । यो पार्टीलाई विधि विधानमा चलाउन सकिएन । अब नयाँ पार्टी गठन गरेर राजनीतिमा सक्रिय हुने छु,” उहाँले भन्नुभयो । नाउपा २०७८ साल फागुन ३ गते गठन गरिएको थियो ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की नेतृ सुमना श्रेष्ठले पार्टी कार्यालयमा राजीनामापत्र बुझाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको जानकारी दिनुभयो ।

“मलाई रास्वपामा हुँदा सहयोग गर्नुहुने सबैमा धन्यवाद छ । मैले परिवर्तनको एजेन्डालाई कहिल्यै छोडेको छैन । जेनजी युवा पुस्ताले गरेको आन्दोलनलाई साथसहयोग र समर्थन हुने छ ।” उहाँ रास्वपामा हुँदा समानुपातिक सांसद भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुने अवसर पाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology