Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा गएराती मोटरसाईकल चोरी


1.9K
Shares

गोरखामा गएराती मोटरसाईकल चोरी

गोरखा,३० भदौ । गोरखा सदरमुकाममा गएराती मोटरसाईकल चोरी भएको छ । गोरखा नगरपालिका–८ आहालेबाट स्थानिय केशर अंगाईको मोटरसाईलक चोरी भएको हो ।

शहिद लखन गाउँपालिका–८ बस्ने अंगाई केही समय आगडी देखी आहालेमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ब्यापारी हुन । उनको रमाईलो होटल एण्ड रेष्टुरेन्टबाट गएराती बा। ८५ प २२९५ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको अंगाईले जानकारी दिनुभयो ।

घर अगाडी पार्किङ गरेर राखेको २२० सिसीको उक्त मोटरसाईकल चोरी भएको बिषयमा प्रहरीमा जानकारी गराएको उहाँले बताउनुभयो । रातो कालो रंगको उक्त मोटरसाईलक देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा मोटरसाईकल धनीको मोवाईल नम्बर ९८४६००८१८० मा खबर गरीदिन अनुरोध गरेको छ ।

केही समय अगाडी यस्तै प्रकृतीका मोटरसाईलक चोरी भएपछी गोरखा प्रहरीले विशेष अभियान नै सञ्चालन गरेर ठूलो संख्यामा चोरीका मोटरसाईलक र चोरहरुको समूहलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology