Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कारागारबाट भागेका कैदी गोरखामा फेला ः कर्तब्य ज्यानका ५ र चारीका १ जना गरी ६ जना प्रहरीको नियन्त्रणमा


1.3K
Shares

कारागारबाट भागेका कैदी गोरखामा फेला ः कर्तब्य ज्यानका ५ र चारीका १ जना गरी ६ जना प्रहरीको नियन्त्रणमा

गोरखा, २९ भदौ । जेन–जी आन्दोलनको बहाना पारेर कारागार फोडेर भाग्ने मध्ये ६ जनालाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले नियन्त्रणमा लिएका ६ जना मध्य ५ जना कतब्र्य ज्यान मुद्वाका र १ जना चोरी मुद्वाका भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।

गोरखा प्रहरीले कास्की कारागारबाट भाग्न सफल भएका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्गेन लामा, तेन्जिङ रिक्तेल लामा र राजेश विश्व सुनार रहेका छन् । उनीहरु सबै कतब्र्य ज्यान मुद्वामा कास्की कारागारमा थुनामा रहेका बेला भागेर गोरखा आएका थिए ।

त्यस्तै गरी तनहँु कारागारमा चोरी मुद्वामा रहेका विशाल उपरकोटीलाई समेत गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सबैलाई मजुवा देउराली प्रहरी चौकी र गोरखा सरमुकामबाट नियन्त्रणमा लिएको गोरखा प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको बन्दी गृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology