Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भद्रकालीमा ‘जेनजी’हरुबिच कुटाकुट


931
Shares

भद्रकालीमा ‘जेनजी’हरुबिच कुटाकुट

काठमाडौँ, २६ भदौ । राजधानीको भद्रकालीमा जेनजीबिच नै कुटाकुट भएको छ । भद्रकालीमा भेला भएका केही जेनजीबिच बिहीबार दिउँसो आपसी विवाद हुँदा कुटाकुट भएको हो ।

सार्वजनिक भिडियोमा सुरुमा विवाद भएको देखिन्छ भने त्यसपछि एक जेनजीमाथि निर्घात कुटपिट भएको देखिन्छ । जेनजी आन्दोलन सफल भएपछि नयाँ सरकारको नेतृत्व कसले लिने भन्ने सवालमा जेनजीहरुबीच विवाद रहँदै आएको छ ।

धेरै समूहमा रहेका जेनजीहरु एकअर्काले नयाँ नयाँ नाम ल्याइरहेका छन् । सोही नामका समयमा आन्तरिक विवाद बढ्दा कुटाकुटकै अवस्था आएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology