Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ


2.5K
Shares

बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ

काठमाडौ,२५ भदौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी युवाहरूको क्रान्ति प्रतिक्रान्तिमा परिणत हुन लागेको बताउनुभएको छ । उहाँले यसअघि जेनजीको आन्दोलनलाई समर्थन गर्ने क्रममा भेडाको खोल ओढेर आउने ब्वाँसाहरूसँग सतर्क रहन गरेको आग्रह स्मरण गर्नुभएको छ । भट्टराईले जेन(जीको आन्दोलनमा त्यस्ता व्यक्तिहरू पसेको हुन सक्ने शंका व्यक्त गर्नुभएको छ ।

भट्टराईले संसद, सिंहदरबार, अदालत र दलका नेताहरूको निवास आदि छानीछानी आगो लगाउने काम जेनजीले गरेको विश्वास नरहेको उल्लेख गर्नुभएको छ।

लोकतन्त्रका प्रमुख आधार, स्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान् ? तिनको उद्देश्य के होला,ु भट्टराईले फेसबुकमा लेखेका छन्, त्यसैले आत्मसमीक्षा गर्नुहोस् अब त्यो आगो निभाउने काममा लाग्नुहोस्

भट्टराईले ब्वाँसाहरूलाई चिन्ने प्रयास गर्न सुझाव दिनुभएको छ । । उहाँले फ्रान्सेली क्रान्तिको इतिहास पढ्न पनि सुझाव दिनुभएको छ ।

एक दशकदेखि लोकतन्त्रको जगमा टेकेर मुख्यतः सुशासन र समृद्धिको वैकल्पिक राजनीतिलाई अघि बढाउनुपर्छ भनेर उकाली ओराली गर्दै रातदिन खट्दै आएको मानिसलाई तपाईंहरूले मार्नुहुन्छ र घरमा आगो लगाउनुहुन्छ भन्ने विश्वास गर्दिनँ, भट्टराईले लेखेका छन्, त्यसैले सुरक्षाकर्मी र निकट सहयोगी साथीहरूले जोड गर्दागर्दै पनि आत्मविश्वासपूर्वक घरमै बसेर तपाईंहरूको आन्दोलनलाई हौसला दिँदै थिएँ। पन्ध्र मिनेटअगाडि मात्र सुरक्षाकर्मी र सहयोगीहरूले जोडबल गरेर ननिकालेको भए ९६ वर्षीय पितासहित एकै चिहान हुने रहेछौं। आखिर ती बाहिरबाट आएका मानिसहरू को थिएरु सुनेअनुसार कतिपयले विशेष रङको स्कार्फ पनि लगाएका थिए रे१ तपाईं जेन(जीका युवाहरूजस्ता देखिने कोही थिएनन् रे

भट्टराईले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नेपाल आउँदा नयाँ किताब ल्याइदिन आग्रह गरेका छन्।

ुकिताब नै मेरा सम्पत्ति हुन्१ अब ती किताब सबै खरानी भए रे१ धन्न निस्कने बेलामा एक्काइसौं शताब्दीका डार्विन भनिने एडवार्ड ओ विल्सनको चर्चित पुरानो पुस्तक ुद ह्युमन नेचरु लिएर निस्कन भ्याएँ। अहिले किन मान्छेमा परोपकारी र स्वार्थी गुण सँगसँगै हुन्छ भन्ने पढ्दैछु र अझै राम्ररी बुझ्दैछु। जेनजीलाई पनि काम लाग्ला कि,ु उनले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology