Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा जेनजी आन्दोलन शान्तिपूर्ण हुँदै


1.3K
Shares

गोरखामा जेनजी आन्दोलन शान्तिपूर्ण हुँदै

गोरखा, २४ भदौ । जेनजी पुस्ताले गरेको आन्दोलन गोरखामा भने शान्तिपूर्ण देखिएको छ । जिल्लाको सदरमुकाम युवा पुस्ताहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

युवाहरुले बिहान ११ बजेदेखी अहिलेसम्म सदरमुकामको लोकतान्त्रिक चोकमा बसेर नाराबाजी गरीरहेका छन् । उनीहरुले केपी ओली, शेर बहादुर देउवा र प्रचण्डका बिरुद्ध नाराबाजी गरेका गरेका छन् । युवा मार्न पाईदैन यस्तो सरकार चाहिदैन भन्दै नाराबाजी गरिरहेका छन् ।

सामाजिक सञ्जाल बन्देज, बढ्दो भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण लगाउने सरकारी कदमको विरोधमा युवाहरू सडक उत्रिएका हुन् । जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै गोरखामा सबै शैक्षिक संस्थामा शोक बिदा दिएका छन् ।

 

 

जेनजी युवाहरूले गोरखामा हिजो साँझ विरोधको कार्यक्रम सुरु गरेका थिए । उनीहरुले भोली पनि बिरोधको कार्यक्रम हुने जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology