Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

लमजुङ कृषि क्याम्पसलाई उत्कृष्ट कृषि अनुसन्धान केन्द्र बनाउन सहयोग गर्छु : अध्यक्ष प्रचण्ड


1.9K
Shares

लमजुङ कृषि क्याम्पसलाई उत्कृष्ट कृषि अनुसन्धान केन्द्र बनाउन सहयोग गर्छु : अध्यक्ष प्रचण्ड

लमजुङ, २२ भदौ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको टोली लम्जुङ कृषि क्याम्पसमा पुगेको छ ।

क्याम्पस प्रमुख रामकुमार श्रेष्ठले अध्यक्ष प्रचण्डसहितको टोलीलाई क्याम्पसबारे जानकारी गराउँदै यस संस्थानलाई मध्यपहाडी क्षेत्रकै स्रोत केन्द्र र कृषि अनुसन्धानको प्रमुख आधारका रूपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भौतिक संरचना अभाव,जनशक्ति कमी र प्रयोगशालाको सीमितताजस्ता समस्या क्याम्पसले व्यहोर्दै आएको जानकारी गराउनुभयो ।

अध्यक्ष प्रचण्डले कृषि विद्यार्थीको हैसियतले पनि क्याम्पसप्रति आफ्नो विशेष चासो रहेको बताउँदै यहाँको सम्भावना निकै ठूलो भएको उल्लेख गर्नुभयो । उहाँले क्याम्पसलाई मध्यपहाडी क्षेत्रकै कृषि अनुसन्धान र कृषकहरूको सहयोगी केन्द्र बनाउन सकिने प्रष्ट पार्दै पार्टीतर्फबाट समस्या समाधानमा सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । साथै,मध्यपहाडी लोकमार्ग र क्याम्पसका बीच रहेको समस्या समाधान गर्न सम्बन्धित निकायमा पहल गर्ने पनि अध्यक्ष प्रचण्डले विश्वास दिलाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology