Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाको गण्डकी गाउँपालिकामा पशुबस्तुको उपचारका लागि आधारभूत प्रयोगशाला सञ्चालनमा


980
Shares

गोरखाको गण्डकी गाउँपालिकामा पशुबस्तुको उपचारका लागि आधारभूत प्रयोगशाला सञ्चालनमा

गोरखा १६ भदौ । गोरखाको गण्डकी गाउँपालिकामा पशुबस्तुको उपचारका लागि आइतबारदेखि आधारभूत प्रयोगशाला सञ्चालनमा आएको छ । गाउँपालिका पशु सेवा शाखा अन्तर्गत थप सेवा सहितको आधारभूत प्रयोगशाला औपचारिक रूपमा संचालनमा ल्याइएको गाउँपालिका पशुसेवा शाखाले जनाएको छ।

पालिकाले गाउँमै पशु रोगको समयमै परीक्षण, उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यसहित आधुनिक सुविधा सहितको प्रयोगशालाको सञ्चालनमा ल्याएको हो ।

यस प्रयोगशालाबाट पशुवस्तुमा लाग्ने विभिन्न प्रकारका परीक्षण सेवाहरू प्रदान गरिने गाउँपालिकाले जनाएको छ। प्रयोगशालामा परजीवी ९आन्तरिक तथा बाह्य० को लागि गोबर तथा रगत परीक्षण, विभिन्न पशु तथा पन्छी रोगहरूको पोस्टमार्टममार्फत परीक्षण, थुनेलो परीक्षण, पशुको पिसाब परीक्षण लगायतका आधारभूत सेवा उपलब्ध जनाइएको छ।

पशु रोग परीक्षणलाई व्यवस्थित, छरितो र वैज्ञानिक ढंगले अघि बढाउन पालिकाले प्रयोगशालाको स्थापना गरेको हो। प्रयोगशालाबाट हरेक हप्ता सोमबार र बिहीबार सेवा प्रदान गरिने गाउँपालिका पक्ष शाखाको भनाइ छ ।

यसले पशुपालन व्यवसाय गर्ने किसानलाई रोगको प्रारम्भिक चरणमै पहिचान र नियन्त्रणमा सहयोग पुर्‍याउने तथा समयमै उचित उपचार गर्न सहजता ल्याउने पालिकाको विश्वास छ ।

प्रयोगशालाको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले किसानलाई पशुपालनमा आउने चुनौतीलाई कम गर्दै आधुनिक प्रविधि र सेवा विस्तारमार्फत उत्पादनशीलता बढाउने पालिकाको लक्ष्य रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology