Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा बसले च्यापेर १ जना बृद्व गंभिर घाईते, थप उपचारको लागि राजधानी लगियो


4.6K
Shares

गोरखामा बसले च्यापेर १ जना बृद्व गंभिर घाईते, थप उपचारको लागि राजधानी लगियो

गोरखा, १६ भदौ । गोरखाको बगुवामा बसले १ जना बृद्वलाई च्याप्दा गंभिर घाईते भएका छन् । घाईते हुनेमा भिमसेन थापा गाउँपालिका–५ बगुवाका ७० बर्षिय उदय नन्द पोखरेल भएको पुष्टी भएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको देउरालीबाट गोरखा बजार तर्फ आउदै गरेको ग १ ख ५९२० नम्बरको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको बसले पोखरेललाई च्याप्दा बायाँ खुट्टामा गंभिर चोट लागेको छ ।

उनलाई गोरखा अस्पतालमा सामान्य उपचार लगत्तै थप उपचारकोलागि राजधानीको बि एण्ड बी अस्पताल लगिएको गोरखा प्रहरीले जनाएको छ ।

सोही बसमा सवार पोखरेल बगुवामा झर्ने क्रममा बसको पछाडी भागको चक्काले च्यापिएका थिए ।

बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ९ बजे भएको उक्त घटना लगत्तै प्रहरी र ट्राफिक प्रहरी घटना स्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology