Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वडासदस्यलाई कार्यवाहक दिएर विदेशिए वडाध्यक्ष लामा


1.2K
Shares

वडासदस्यलाई कार्यवाहक दिएर विदेशिए वडाध्यक्ष लामा

गोरखा, १४ भदौ । गोरखाको चुमुनब्री गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सरोज लामाले वडासदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर विदेशिनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका लामाले सामाजिक सञ्जालमार्फत आफु विदेशिएको जानकारी गराउनु भएको हो ।

‘‘सकेसम्म सवैको चित्त बुझाउने गरि इमान्दारिताका साथ काम गरियो, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, तर जति गर्दापनि कहिल्यै जस नपाउने कामले आफुले गरेको कामबाट मलाई कहिल्यै आत्मासन्तुष्टी भएन् ।’’ वडाध्यक्ष लामाले राजनीतिबाट सधैका लागि विदा लिएकोसमेत घोषणा गर्नुभएको छ ।

जिन्दगीलाई पुनः एकपटक जिरोबाट सुरु गर्न आफु विदेशिनु परेको उहाँको भनाई छ । ‘‘मैले वडाध्यक्ष छोडेकै कारणले वडाबाट सेवाप्रवाहमा कुनै समस्या हुँदैन्, वडाध्यक्ष लामाले लेख्नुभएको छ, सवैलाई कार्यवाहक वडाध्यक्षमार्फत निरन्तर सेवा उपलब्ध हुने नै छ ।’’

वडाध्यक्षले आफुवाहिर जाँदा कार्यवाहक दिने प्रक्रिया सामान्य नै भएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो । ‘‘ कार्यवाहक दिएर जानु भएको हो, तर राजिनामा नै दिएर जानु भएको भने होइन्, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘‘उहाँ राजनीतिमा फर्कनु हुन्छ वा हुन्न भन्ने औपचारिक जानकारी दिनुभएको छैन् ।’’

वडाध्यक्ष विदेश जानु भएपनि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेर जानुभएकाले वडाका नागरिकको सेवाप्रवाहमा कुनै समस्या नहुने उहाँले बताउनुभयो । वडाध्यक्ष लामाले वडासदस्य ठिन्ले ध्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिनुभएको हो ।

कार्यवाहक वडाध्यक्ष तोकिएको पत्रमा भने २०८२ भदौ १० गतेदेखि आफु जर्मनको भ्रमणमा जानुपर्ने भएकाले भ्रमण अवधीभरका लागि तपाईलाई कार्यवाहक जिम्मेवारी तोकिएको छ भन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology