Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा खोलाले बगाउँदा १ पुरुषको मृत्यु


2.7K
Shares

गोरखामा खोलाले बगाउँदा १ पुरुषको मृत्यु

गोरखा, १३ भदौ । गोरखामा खोलाले बगाएर १ जना पुरुषको मृत्यु गएको छ । मुत्यु गुमाउने ब्यक्ति बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका ६० वर्षीयअर्जुन घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक डिएसपी एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । शुक्रबार अपरान्ह्र ४ः३० बजे किस्वारा खोलाले बगाएको भेडालाई उद्धार गर्न गएका घलेलाई सोही खोलाले बगाएको हो ।

भेडी गोठबाट भेडा सारेर बारपाकतर्फ ल्याउदै गर्दा किस्वारा खोलाको अस्थायी काठको पुल पार गर्ने क्रममा १ वटा भेडा खोलामा खसेपछि उद्दारगर्न खोज्दा घलेलाई पनि खोलाले बगाएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । खोलाले बगाएर बेपत्ताघलेको खोजी गर्ने क्रममा राती ८ बजे झण्डै ३० फिट मुनि खोचमा मृत्त शव भेटिएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जैवारीबाट खटिएको प्रहरी सहित स्थानीयबासीहरु सहयोगमा घले शव निकालिएको थियो । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology