गोरखा १३ भदौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’ ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित बिभिन्न टिकाटिप्पणी प्रति कडा आपत्ती जनाउदै कतारबाट एक शुभेच्छुकले उपमहासचिव शर्मालाई फेसबुकमा मेन्सन गर्दै कतारबाट खुल्ला चिठी लेखेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका-३, घर भई हाल रोजगारीका शिलशिलामा कतारमा रहनुभएका नवराज सिंखडाले उपमहासचिव शर्मालाई खुल्ला चिठीमार्फत अध्यक्ष प्रचण्ड बिरुद्धको टिकाटिप्पणीलाई शर्माको अवसरवादी’ चरित्र भएको आरोप समेत लगाएका छन् ।
यस्तो छ सिखंडाले शर्मालाई लेख्नु भएको खुल्ला चिठी जनार्दन शर्मा कम्रेडलाइ मेरो खुल्ला चिठी
प्रीय कम्रेड
जर्नादन शर्मा ‘प्रभाकर’
आजकल तपाईं नेकपा माओबादी केन्द्रका उपमहासचिव नभई आफ्नै घर जलाएर खरानिको ब्यापार गर्न खोज्ने व्यापारी जस्ता देखिन थाल्नुभएको छ।शत्रु पार्टी बाहिर मात्र नभएर भित्रपनी छन भन्ने पुष्टि गर्दै हुनुहुन्छ।आफैं पार्टीभित्र अध्यक्षमाथी बेमौसमी प्रहार गर्दै हिँड्नुभएको छ । अध्यक्ष प्रचण्डमाथि हानिएको प्रत्येक वाण, अन्तत तपाईंको छातीमा फर्केर फिस्फोट हुन्छ भन्ने कुरा हेक्का राख्नुहोला ।
पार्टिमा केही कमजोरी छन भने बैठकमा राखौं, छलफल गरौं, सुधार गर्ने बाटो खोजौं।तर दुनियाको अगाडि पार्टी र अध्यक्षलाई खुइल्याउने के प्रमाणित गर्न खोजेकोरुतपाईको आजकलको प्रबृत्ती देख्दा सोध्न मन लाग्यो तपाईं आफ्नै बिबेकले यस्तो गरिरहनु भएको छ कि खड्ग ओलीको अदृष्य निर्देशनमै चल्दै हुनुहुन्छ ।
नेकपा भत्काउने खेल कसले खेलेको थियो भन्ने कुरा इतिहासले स्पष्ट देखाइसकेको छ।ओलीको अहंकार र स्वेच्छाचारिताले पार्टी फुट्यो, तर तपाईं आज प्रचण्डलाई दोषारोप गर्दै हुनुहुन्छ।सत्यलाई तोडमोड गरेर लोकप्रियता कमाउने प्रवृत्ति जनतालाई कहिल्यै स्वीकार्य हुदैन।
जनताको बलिदान, रगत र पसिनाले बनेको यो पार्टीलाई भत्काउने हिम्मत कसैले नगरोस। तर जब आफ्नो स्वार्थले आँखामा पट्टी बाँध्छ, त्यस्तो व्यक्तिलाई इतिहासले विश्वासघाती भनेर मात्र चिन्नेछ।आज तपाईले बोलीले प्रहार गरिरहनुभएको छ,भोलि त्यही प्रहारको छायाँमा आफैं चिप्लिएर हराउनुहोला ख्याल गर्नुस।
जनार्दन कम्रेड, तपाईंले हिजो गरेका केही कामहरूको श्रेय तपाईंलाई रहनेछ।तर शान्तिप्रक्रियादेखि मन्त्री बन्ने अवसर उपभोग गर्दा पार्टी र प्रचण्ड सहि,आज अचानक बेठिक भन्नु भन्दा ठूलो अवसरवाद के हुन्छरुर अर्को प्रश्न आजसम्मका प्रत्येक निर्णयमा तपाईंको हस्ताक्षर, तपाईंको समर्थन, तपाईंको सहभागिता छ।अब पार्टी बिग्रनु वा भत्कनुमा तल झर्नुको जिम्मेवारी तपाईंले लिनुहुन्छ कि हुन्नरुकि दोष अध्यक्षलाई थुपारेर पानिमथिको ओभानो बन्न खोज्नुभएको होरुनत्र यो सबै प्रहारको नाटक केका लागि !
याद रहोस कम्रेड माओवादी केन्द्रलाई बाहिरबाट होइन, भित्रबाट कमजोर पार्ने जो कोहीलाई पनि जनता माफ गर्नेछैनन।प्रचण्डलाई कमजोर बनाउन खोज्नेहरूको राजनीति, अन्तत आफैं शून्यतामा पुगेको ईतिहास आअयद अनगत नै होला।त्यसैले आबेगले होइन बिबेकले अघि बढनुहोला,अहिले प्रचण्ड माथिको प्रहारले केही माओबादी बिरोधिहरु खुसि होलान तपाईलाई वाह पनि भन्लान तर त्यो न तपाईको हितमा हुनेछ न पार्टिको।त्यसैले कम्रेड आबेग त्यागेर बिबेकको प्रयोग गर्दै हजारौ शहिदको बलिदानिले निर्माण भएको पार्टिको रक्षा गरौ ।
नवराज सिंखडा जिज्ञासु
भिमसेनथापा ३ गोरखा
हाल, दोहा कतार