गोरखा, ९ भदौ : गोरखाका पशुपालक किसानलाई दुध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर रु ५ अनुदान उपलब्ध गराउने गरि बजेट बिनियोजन गरेको केन्द्रका प्रमुख बरिष्ठ पशु चिकित्सक डा.अनन्त कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक बर्ष २०८२/०८३ का लागि दुधमा अनुदान उपलब्ध गराउन रु १५ लाख बजेट बिनियोजन गरेको छ । ‘‘जिल्लालाई दुधमा आत्मानिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्दै जाने उद्देस्यसहित नगद अनुदान कार्यक्रम सञ्चालन गरिएको हो, प्रमुख कोइरालाले भन्नुभयो,‘‘यसले किसानलाई थप सहयोग पुग्नेछ ।’’
कार्यक्रमले किसानलाई पशुपालनतर्फ आर्कषित गर्न मद्दत पुग्ने उहाँको भनाई छ । ‘‘केन्द्रमा सहकारी संस्थालाई सूचिकृत गरेर सूचिकृत भएका सहकारी संस्थामार्फत उत्पादित दुध बिक्री गर्ने कार्यविधि छ, प्रमुख कोइरालाले भन्नुभयो, ‘‘थोरै दुध उत्पादन गर्ने किसानले पनि संगठित रुपमा काम गर्न सकोस् भन्ने उद्देस्यसहित सहकारीमार्फत काम गराउने व्यवस्था गरिएको हो ।’’
सहकारीमार्फत संकलन र बिक्रीको व्यवस्था गर्दा साना किसानले पनि घरघरमा उत्पादित दुध बजारसम्म पु¥याउन सक्ने र अनुदान कार्यक्रमबाट लाभ लिनसक्ने उहाँले बताउनुभयो । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँँपालिकामा दुध उत्पादन राम्रो हुने गरेको पाइन्छ । केन्द्रले पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्र्तगत दुध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम अन्र्तगत यस बर्ष जिल्लामा ३ लाख लिटर दुधलाई अनुदान दिन सकिने केन्द्रले जनाएको छ । त्यस्तै सूचिकृत भएका सहकारी संस्थाले न्युनतम २ सय लिटर दुध संकलन तथा बिक्री गनुपर्ने व्यवस्था गरिएको छ । ‘केन्द्रले सहकारीमार्फत किसानलाई नगद अनुदान उपलब्ध गराउने हो ।’’ उहाँले भन्नुभयो ।